२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढानीलकण्ठ नगरपालिकाले सामूहिक ल्होछार/ल्होसार पर्व मनाउने



अ+ अ-

काठमाडौँ। बुढानीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम गरी सामूहिक रुपमा ल्होछार÷ल्होसार पर्व मनाउने भएको छ ।

सो नगरपालिकाले आज प्रेस विज्ञप्ति जारी गरी तमु, सोनाम र ग्याल्पो ल्होछार/ल्होसार सबैलाई समेटेर यही माघ २६ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको जनाएको छ । सो कार्यक्रमका लागि ल्होछार/ल्होसार मान्ने समुदायलाई समेटी सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको छ ।

कार्यक्रममा नगरपालिकाभित्र बसोबास गर्ने विविध जाति, जनजाति (विशेषगरी तामाङ, गुरुङ, शेर्पा, भोटे) तथा विभिन्न समुदायको भेषभूषा, एवं सांस्कृतिक झाँकी, नृत्य तथा साङ्गितिक प्रदर्शनी गरिने जनाइएको छ ।

ज्येष्ठ नागरिक पार्क, गोल्फुटार, बुढानीलकण्ठ–८ को कार्यालय नजिकै हुने उक्त कार्यक्रमस्थलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म परम्परागत खानाका परिकार, मौलिक वस्तु, पहिरन आदिको स्टल राखिने आयोजकले जानकारी दिएको छ ।