१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिचिङ अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । टिचिङ अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका तीन जना र सिन्धुपाल्चोकका एक जना पुरुष रहेको छन् । 

अस्पतालका कोभिड टिम सदस्य डा‍. सविन थपलियाका अनुसार काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष रहेका छन् भने सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको मृत्यु भएको हो । 

काठमाडौंका ५९ वर्षीय पुरुष गए राति सवा ११ बजे मृत्यु भएको थियो भने उनि गत भदौ १९ गते अस्पताल भर्ना भएका थिए। मृतक मधुमेहका समेत रोगी रहेका थिए ।

काठमाडौंकै अर्का ६४ वर्षीय पुरुष किड्नी फेल भएका कारण केही समययता डायलासिस गराउँदै आएका उनको आइतबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। काठमाडौंकै ७० वर्षीय वृद्धको शनिबार ४ बजे मृत्यु भएको थियो।

यस्तै सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको भने शनिबार राति साढे १२ बजे मृत्यु भएको डा. थपलियाले जनाए। उनमा कोभिड निमोनियाको समस्या रहेको थपलियाले बताए।

मृतक चार जनाकै अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।