५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले नेतान्याहुसँग राखे गाजा नियन्त्रणको प्रस्ताव



अ+ अ-

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजापट्टी अमेरिकाले आफ्नो स्वामित्वमा लिने घोषणा  गरेका छन्।

अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको भेटमा ट्रम्पले गाजालाई नियन्त्रणमा लिने प्रस्ताव गरेका छन्। उनले गाजा नियन्त्रणमा लिएर नपड्किएका बमलाई निस्तेज पार्ने तथा पुननिर्माण गरेर बस्न लायक बनाउने प्रस्ताव गरेका छन्। यसका लागि गाजाका बासिन्दालाई अन्यत्र सार्ने प्रस्ताव पनि ट्रम्पको छ।

अमेरिकी मिडिया सिएनएनका अनुसार पत्रकारहरूले ट्रम्पलाई त्यसो भए गजामा अमेरिकी सेना पठाउन लागिएको हो भनेर प्रश्न गरेका थिए।त्यसको जबाफमा ट्रम्पले अस्वीकार भने गरेनन्। ‘हामी आवश्यकता अनुसार गर्नेछौं। यदी आवश्यक परे त्यसो गर्न पनि सक्नेछौं। हामी गजालाई आफ्नो अधीनमा लिएर त्यहाँ विकास गर्नेछौं,’ ट्रम्पको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ।

राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नेतान्याहु एक आपसक्रा हितैषी मानिन्छन्। ट्रम्पको पहिलो कार्यकालमा नै जेरुसेलममा अमेरिकी दूतावास फेरि स्थापना गरेका थिए। ट्रम्पले वार्ताको क्रममा दुई राज्यको चेपुवामा गाजालाई पार्न नहुने बताए। उनले इजरायल अहिलेसम्मकै नजिकको पाएको बताए।