१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ६ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै कारोनाबाट २ महिला सहित ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । मन्त्रालयका अनुसार ६५÷६५ वर्षिया दुई जना महिला तथा ५९, ७०, ६४ र ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । 

यस्तै मोरङमा ६९ र सिन्धुपाल्चोकमा ५९ वर्षिय पुरुष तथा कास्कीमा ४५ वर्षिया महिलाको कारोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।