९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रजनीकान्तको फिल्म ‘कबाली’का निर्माता झुण्डिएको अवस्थामा फेला



अ+ अ-

एजेन्सी । रजनीकान्तको सुपरहिट फिल्म कबाली (तेलुगु संस्करण)का निर्माता केपी चौधरी सोमबार आफ्नै घरमा मृत फेला परेका छन् । उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।

रिपोर्टका अनुसार उनी आर्थिक समस्याबाट गुज्रिरहेका थिए । उनी उत्तर गोवामा भाडाको घरमा बस्थे । त्यहाँ उनको शव फेला परेको थियो । प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ ।

केपी चौधरीको पूरा नाम कृष्णप्रसाद चौधरी हो । सन् २०२३ मा उनी लागूऔषध मुद्दामा पक्राउ परेका थिए । पछि उनले जमानत पाए । तर, केही समयपछि नै उनको पतन सुरु भयो । नयाँ जीवन सुरु गर्ने आशामा उनी गोवा सरेका थिए । उनी ६–७ महिनादेखि गोवामा बस्दै आएका थिए ।

केपी चौधरीका साथीले आज बिहान सम्पर्क गर्ने प्रयास गरे पनि फोन नलागेपछि साथीले घरधनीलाई सम्पर्क गरे । घरधनी जाँच गर्न गएपछि केपी चौधरीको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।

केपी चौधरी तेलंगानाको खम्मम जिल्लाका बासिन्दा थिए । उनले मेकानिकल इन्जिनियरिङमा बीटेक गरे । उनले पुणेको इन्जिनियरिङ इन्स्टिच्युटमा निर्देशकको रूपमा पनि काम गरे । त्यसपछि उनले रजनीकान्तको फिल्म कबाली निर्माण गरे ।

कबालीले ६५० करोड कमाएको थियो
रजनीकान्तको फिल्म कबाली २२ जुलाई २०१६ मा रिलिज भएको थियो । फिल्मले विश्वभर ६५० करोड रुपैयाँ कलेक्सन गरेको थियो । फिल्मको मूल भाषा तमिल थियो । यसको तेलुगु संस्करण केपी चौधरीले निर्माण गरेका हुन् ।