४ फाल्गुन २०८१, आईतवार
,
Latest
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा सांसद ज्ञानेन्द्र शाहीलाई कारबाही गर्न माग ‘ग्लोबल साउथ’ बीच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा लोकतन्त्रवादी यातायात व्यवसायी संघको अध्यक्षमा मन्जय प्रकाश श्रेष्ठ चयन छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओलीले दिएनन् जवाफ परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा रु ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री



अ+ अ-

रामपुर (पाल्पा):  जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।

यस वर्ष रु ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष रु ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको थियो । रु छ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको छ ।

“सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसान व्यावसायिक उत्पादनमा लाग्नुभएको छ, अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन क्षेत्र बढेको छ, बजारीकरण सहज भएको छ”, उहाँले भन्नुभयो ।

रैनादेवीछहरा गाउँपालिकामा चार सय ५२ हेक्टर क्षेत्रफलमा तीन हजार छ सय ३९ मेट्रिक टन, रिब्दिकोटमा तीन सय ९६ क्षेत्रफलमा तीन हजार एक सय ८४ मेट्रिक टन, बगनासकालीमा एक सय १३ हेक्टरमा नौ सय १० मेट्रिकटन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा सात सय २८ मेट्रिक टन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा पाँच सय ४६ मेट्रिक टन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

जिल्लामा सुन्तला उत्पादनका लागि एक हजार एक सय ९६ हेक्टर क्षेत्रफल रहेता पनि एक हजार एक सय ३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो । पाल्पाका दश पालिकामध्ये छवटा पालिकामा व्यावसायिक हिसाबले सुन्तला हुने गरेको छ । अन्नबालीको तुलनामा सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक उत्पादनमा जोड दिएका छन् ।

रासस




भर्खरै