१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्तौलाकै पहलमा सिम्लाङ–ठाडोखोला झोलुङ्गे पुल बन्ने निश्चित



file photo
अ+ अ-

मकवानपुर । नेकपा (एमाले)का मुख्य सचेतक महेश कुमार बर्तौलाको पहलमा इन्द्रसरोवरको सिम्लाङ स्थित सिम्लाङ–ठाडोखोला झोलुङ्गे पुल बन्ने निश्चित भएको छ ।

सांसद बर्तौलाले आज सामाजिक सञ्जाल फेसबुक मार्फत अर्थ मन्त्री बिष्णु प्रसाद पौडेललाई धन्यवाद दिँदै उक्त पुलले अर्थ मन्त्रालयबाट बहुबर्षिय स्रोत सहमति पाएको जानकारी दिए ।

बर्तौलाले लेखेका छन् – ‘माननीय अर्थमन्त्रीज्यूलाई हार्दिक आभार । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित इन्द्रसरोवर ताल माथि ‘सिम्लाङ्ग–ठाडो खोला झोलुङ्गे पुल’ निर्माणको लागि अर्थ मन्त्रालयबाट आवश्यक पर्ने ३ करोड ४० लाख रकमको बहुबर्षिय स्रोत सुनिश्चितता प्राप्त भएको छ । यस निर्णयसँगै माघ महिनाको अन्त्य सम्ममा यस झोलुङ्गे पुलको निर्माणको लागि ठेक्का आह्वान हुनेछ । यो पुल निर्माणबाट सानो माखु, गैरा, भिरखर्क, टौमाठ, सिम्लाङ्ग लगायतका स्थानीय वासिन्दाहरु झण्डै २.५ घण्टा लगायत हिँड्नुपर्ने तथा विद्यालय जान–आउन डुङ्गाको सहारा लिनुपर्ने बालबालिकाहरुमा ठूलो लाभ पुग्नेछ । साथै, सिम्लाङ्ग लगायतको क्षेत्रको पर्यटन र व्यवसायिकक प्रवद्र्धन हुनेछ । यस योजनाले वारी–पारीका करिब ५०० घरधुरीका जनताले प्रत्येक्ष लाभ प्राप्त गर्नेछन् ।”