३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्तौलाकै पहलमा सिम्लाङ–ठाडोखोला झोलुङ्गे पुल बन्ने निश्चित



file photo
अ+ अ-

मकवानपुर । नेकपा (एमाले)का मुख्य सचेतक महेश कुमार बर्तौलाको पहलमा इन्द्रसरोवरको सिम्लाङ स्थित सिम्लाङ–ठाडोखोला झोलुङ्गे पुल बन्ने निश्चित भएको छ ।

सांसद बर्तौलाले आज सामाजिक सञ्जाल फेसबुक मार्फत अर्थ मन्त्री बिष्णु प्रसाद पौडेललाई धन्यवाद दिँदै उक्त पुलले अर्थ मन्त्रालयबाट बहुबर्षिय स्रोत सहमति पाएको जानकारी दिए ।

बर्तौलाले लेखेका छन् – ‘माननीय अर्थमन्त्रीज्यूलाई हार्दिक आभार । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित इन्द्रसरोवर ताल माथि ‘सिम्लाङ्ग–ठाडो खोला झोलुङ्गे पुल’ निर्माणको लागि अर्थ मन्त्रालयबाट आवश्यक पर्ने ३ करोड ४० लाख रकमको बहुबर्षिय स्रोत सुनिश्चितता प्राप्त भएको छ । यस निर्णयसँगै माघ महिनाको अन्त्य सम्ममा यस झोलुङ्गे पुलको निर्माणको लागि ठेक्का आह्वान हुनेछ । यो पुल निर्माणबाट सानो माखु, गैरा, भिरखर्क, टौमाठ, सिम्लाङ्ग लगायतका स्थानीय वासिन्दाहरु झण्डै २.५ घण्टा लगायत हिँड्नुपर्ने तथा विद्यालय जान–आउन डुङ्गाको सहारा लिनुपर्ने बालबालिकाहरुमा ठूलो लाभ पुग्नेछ । साथै, सिम्लाङ्ग लगायतको क्षेत्रको पर्यटन र व्यवसायिकक प्रवद्र्धन हुनेछ । यस योजनाले वारी–पारीका करिब ५०० घरधुरीका जनताले प्रत्येक्ष लाभ प्राप्त गर्नेछन् ।”