१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित



अ+ अ-

काठमाडौं। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका पाँच नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

एमालेबाट निकालिएका डा भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको हो ।

सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरसहित प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमले जनाएको छ ।