८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा कवाड व्यवसायीमाथि रड प्रहार, पाँच जना प्रहरी नियन्त्रणमा



अ+ अ-

जनकपुरधाम । कवाड व्यवसायी मुकेश यादवमाथि निर्ममतापूर्वक रड प्रहार गरी एक समूहले कुटपिट गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकमा ३७ वर्षीय व्यवसायी यादवमाथि फलामका रड प्रहार गरी सामूहिक आक्रमण भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका यादवलाई जनकपुरधाममा उपचार सम्भव नभएपछि थप उपचारका ललितपुरको बी एण्ड बी अस्पतालमा लगिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुरर सिंहले जानकारी दिए ।

शनिवार दिउँसो व्यावसायकै विषयमा छलफलको क्रममा विवाद भएपछि उनीमाथि आक्रमण भएको खुलेको डिएसपी सिंहले बताए । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १३ पीडारीका ४८ वर्षीय फेकु साह, १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह र भारत बिहारको सितामढी विष्णुपुर ३ बस्ने १७ वर्षीय विकास कुमार साह रहेका छन् ।

यसबारे थप अनुसन्धान भईरहेको डिएसपी सिंहले जानकारी दिए ।