काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौँसहित देशैभरि भूकम्पको धक्का आएको सबैतिरबाट फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालमा प्रतिक्रिया आएको छ ।
प्राप्त समाचारमा आज बिहान ५ः२१ बजे आएको भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर आएको र ६ रेक्टर स्केलको भएको बताइएको छ । सो जिल्लाको राम्चे आसपास भएको र ६ रेक्टरस्कलेको रहेको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताएका छन् ।
काठमडौंमा भने भूकम्पको धक्का शक्तिशाली महसुस भएको थियो । काठमाडौँका विभिन्न स्थानबाट मानिस घरबाट सडकमा निस्किएका थिए । यसैबीच प्राप्त पछिल्लो समाचारमा भूकम्प मापन केन्द्रले यो भूकम्प पनि गोरखा भूकम्पकै परकम्प भएको बताएको छ ।












