२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका एलिना चौहानले गरिन् सम्बन्धविच्छेदको मुद्दा दायर



अ+ अ-

काठमाडौँ। गायिका एलिना चौहानले अस्ट्रेलियामा बस्दै आएका श्रीमान् विष्णु सापकोटाविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गराएकी छिन्।

गत ५ वैशाखमा अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी उनले शुक्रबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी हुन् । अस्ट्रेलिया जानेक्रममा दुबैबीच प्रेम सम्बन्ध भएपछि दुवैले विवाह गरेका थिए।

विवाह गरेको छोटो समयमै अस्ट्रेलियाबाट नेपाल फर्किएकी एलिना यतै बस्दै आएकी छिन्।उनी विरुद्ध घरेलु हिंसा भएको लगायतका दाबीहरू सार्वजनिक भए पनि उनी मौन रहँदै आएकी थिइन्। एकाएक उनले शुक्रवार मानाचामल र अंश केही दाबी नगरी सम्बन्ध विच्छेदको मात्र माग गरेर मुद्दा दायर गरेकी हुन्। विष्णु भने अहिले पनि अस्ट्रेलियामै छन्।

यी दुवैले गत वैशाखमा मात्र विवाह गरेका थिए। केही समय अगाडि अर्की गायिका ज्योती मगरले एक चर्चित गायिकाले पाएको घरेलु हिंसाका तस्बिर हेर्दा कहाली लागेको भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन्। सो पोस्टमा उल्लेख गरेको गायिका एलिना नै हो भनेर प्रतिक्रिया आउन थालेपछि ज्योतीले पोस्ट नै डिलेट गरेकी थिइन्।