२७ भाद्र २०८३, शनिबार
,
Latest
यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन



अ+ अ-

काठमाडौं। भ्याली पब्लिक र फेरिल्यान्डले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक जुनियर ब्वाइज तथा फेरिल्यान्ड जुनियर गल्र्समा च्याम्पियन बने ।

सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले पारामाउन्ट एकेडेमीलाई ४५–२६ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा दिपेश यादवले १५ अंक योगदान गरे ।

जुनियर गल्र्सको उपाधि भिडन्तमा सन्दिपा राईको १० अंक सहयोगमा फेरिल्यान्डले भ्याली पब्लिकलाई १९–१२ ले हरायो । २ वर्षदेखि बास्केटबल खेल्न सुरु गरेको फेरिल्यान्डको यो समग्रमा दोश्रो उपाधि हो । फुल कोर्टमा भने पहिलो उपाधि हो । यसअघि फेरिल्यान्डले साइपाल थ्री बाइ थ्री बास्केटबलको उपाधि जितेको फेरिल्यान्डका प्रशिक्षक नारायण खवासले जनाएका छन् ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक दरी तथा जुनियर गल्र्समा फेरिल्यान्डकी सन्दिपा राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा पारामाउन्टका सुशान थापा र जुनियर गल्र्समा भ्याली पब्लिककी सपना गिरी उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा ज्ञान संस्कारका विकल्पराज भण्डारी र जुनियर गल्र्समा ज्ञान संस्कारकै सान्भी श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने ।

जुनियर ब्वाइजमा ह्वाइट माउन्टेन तथा जुनियर गल्र्समा एन्जल्स हार्ट नेसनल स्कुल उदीयमान टिम बने । जुनियर ब्वाइजमा न्युटन तथा जुनियर गल्र्समा सत्यसाई शिक्षा सदनले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, ज्ञान संस्कारकी प्रिन्सिपल निलम बानिया बडूलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा प्रतियोगिता संयोजक पूर्ण न्यौपानेलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । माघ ११ गतेदेखि सुरु प्रतियोगिताको जुनियर ब्वाइजमा २४ तथा जुनियर गल्र्समा १६ टिम सहभागी थिए ।