२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागेको छः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको महशुस गरेको उल्लेख गर्नुभयो । उहाँले निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनाएको बताउनु भयो । उहाँले सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु र विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन रु भन्दै सरकारलाई प्रश्न गर्नुभयो ।

अध्यक्ष लिङदेनले काँग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी सुन्दा मुलुकमा सरकार छैन भने अभास भएको बताउनु भयो । उहाँल सरकारले नियमित कुरालाई पनि उपलब्धी देखाएको बताउनु भयो । उहाँले सरकारले सुशासनको क्षेत्रमा कुनैपनि काम गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले निरासा जनतलाई आशा जगाउन समेत सरकारले नसकेको बताउनु भयो । उहाँले मुलुकमा विदेशी मुद्रा सञ्चिति बढेको वर्तमान सरकारको कारणले नभइ नेपाली जनता बेचेर आएको दाबी गर्नुभयो । उहाँले सरकारले रेमिट्यान्स मार्फत आएको पैसा समेत खर्च गर्न नसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धी सुनायो । यो सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु हुने थिएन रु विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन रु काँग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी यही हो । यो हर्ने हो भने मुलुकमा सरकार छैन भने हुन्छ । सरकारले नियमित कुरालाई पनि उपलब्धी भन्ने यस्ता धेरै कुराहरु हुनेछन् र गर्नुपर्ने छ । सुशासनको क्षेत्रमा वर्तमान सरकारले के ग¥यो । निरासा जनतलाई आशा जगाउने के काम ग¥यो रु देशभित्र कति मान्छेको लागि रोजगारी सिर्जना र अर्थतन्त्रमा के सुधार ग¥यो रु अहिले बैंकमा विदेशी मुद्रा सञ्चिति बढेको छ । यो सरकारको कारणले भएको हो रु यो हाम्रा भाइ छोरा बेचेर आएको पैसा हो रु सरकारले आएको पैसा खर्च गर्न सकेको छैन भनौं । साढे ६ महिनाको वर्तमान सरकारको समय निरासाजनक छ । हामी चाहन्छौं । काँग्रेस एमाले जस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ । सरकारको विरोध मात्रै गर्दैनौं सुधारको अपेक्षा पनि गछौं । तर अहिलेसम्मको स्थिति हेर्दा भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागि रहेको जस्तो लाग्छ । भ्रष्टाचार सम्बन्धि ऐन पेश हुँदा कुनै पनि पदाधिकारी पदबाट विदा भएपछि पाँच वर्षभित्रमा उजुरी हुनुपर्छ भनिएको थियो । तर प्रधानमन्त्रीले प्रतिवाद गर्नुभयो ।’

उहाँले सरकारको साढे ६ महिनको समय निरासाजनक रहेको बताउनु भयो । उहाँले काँग्रेस एमाले जस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनसक्नुपर्ने बताउनु भयो । उहाँले राप्रपाले सरकारको विरोध मात्रै गर्ने भन्दै सुधारको अपेक्षा गरेको बताउनु भयो । उहाँले नेपाल प्रहरीका आइजीपीमाथि पनि छानबिन हुनुपर्ने बताउनु भयो । उहाँले सम्पती शुद्धीकरणमा सरकारले रवि लामिछानेमाथि चलाउनु स्वाभाविक भएपनि अरु माथि पनि छानबिन हुनुपर्ने उल्लेख गर्नुभयो ।