१६ फाल्गुन २०८१, शुक्रबार
February 28, 2025 Friday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.96

Wind: 1.54

Humidity: 77

Latest
एकैदिन तोलामा दुई हजार दुई सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? इजरायलद्वारा सयौं प्यालेस्टिनी कैदी रिहा गर्न शुरु ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने अध्यक्ष दाहालको विश्वास बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’ कुमारी सहकारी हिनामिना प्रकरणः एक अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता प्रधानमन्त्रीद्वारा ल्होसारको शुभकामना चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा छः सभापति देउवा पर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउ पुर्‍याउँछः राष्ट्रपति यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीय संसद्को अधिवेशन सुरु



अ+ अ-

काठमाडौं । सङ्घीय संसद्को अधिवेशन सुरु भएको छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरु मनोनयन गर्नुहुने छ ।

बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नुहुने छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१’, ‘निजीकरण ९पहिलो संशोधन० अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने कार्यसूचि रहेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नुहुने कार्यसूचि रहेको छ ।

यसैगरी, राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभामा प्रस्तुत हुने ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लगायत अध्यादेश पनि पेस गर्ने कार्यसूची रहेको छ ।
कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नुहुने छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन’ र ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूचि रहेको छ ।