३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य

मधेश केन्द्रित ८ दलले बनाए कार्यदल

मधेश केन्द्रित ८ दलले बनाए कार्यदल
अ+ अ-

काठमाडौं। सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ दलहरूले कार्यदल गठन गरेका छन् । मोर्चा गठन गर्ने उद्देश्यले बिहीबार सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बसेको बैठकले आठ सदस्यीय कार्यदल गठन गरेको हो ।

आज (बिहीबार) सिंहदरबारमा बसेको मधेशकेन्द्रीत ८ दलको बैठकले सबै दलबाट १/१ जना हुने गरी कार्यदल बनाएको हो । संविधान संशोधन, ऐन संशोधन र सरकारका गतिविधिमा समान धारणा बनाएर प्रस्तुत हुन कार्यदल गठन गरिएको जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

‘देशमा विकसित राजनीतिक परिस्थिति खास गरेर हामी अहिले संविधान संशोधनको पूर्व सन्ध्यामा छौं । निर्वाचन ऐनहरु पनि बनिरहेको छ,’– बैठकपछि निर्णय सुनाउँदै उनले भने, ‘हामी समान विचारवाहक पार्टीहरु एक भएर भविष्यका दिनहरुमा समान रुपले संगै जाऊँ भनेर ८ वटा पार्टीको एउटा मोर्चा, गठबन्धन वा सहकार्यको वातावरण निर्माण गर्ने निर्णय गरेका छौं । ८ वटै राजनीतिक दलका एक/एक जना नेता रहने गरी एउटा कार्यदल गठन गरिएको छ ।’

जुन कार्यदलमा जनता समाजवादी पार्टीवाट इस्तियाक राई, जनमत पार्टीवाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष  सुमन, नागरिक उन्मुक्ति पार्टीका  गंगाराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशील पार्टीवाट शिवजि यादव र तराइ मधेस लोकतान्त्रिक पार्टीवाट ब्रजेस सिंह रहेको केशव झाले जानकारी दिए ।