२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश केन्द्रित ८ दलले बनाए कार्यदल



अ+ अ-

काठमाडौं। सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ दलहरूले कार्यदल गठन गरेका छन् । मोर्चा गठन गर्ने उद्देश्यले बिहीबार सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बसेको बैठकले आठ सदस्यीय कार्यदल गठन गरेको हो ।

आज (बिहीबार) सिंहदरबारमा बसेको मधेशकेन्द्रीत ८ दलको बैठकले सबै दलबाट १/१ जना हुने गरी कार्यदल बनाएको हो । संविधान संशोधन, ऐन संशोधन र सरकारका गतिविधिमा समान धारणा बनाएर प्रस्तुत हुन कार्यदल गठन गरिएको जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

‘देशमा विकसित राजनीतिक परिस्थिति खास गरेर हामी अहिले संविधान संशोधनको पूर्व सन्ध्यामा छौं । निर्वाचन ऐनहरु पनि बनिरहेको छ,’– बैठकपछि निर्णय सुनाउँदै उनले भने, ‘हामी समान विचारवाहक पार्टीहरु एक भएर भविष्यका दिनहरुमा समान रुपले संगै जाऊँ भनेर ८ वटा पार्टीको एउटा मोर्चा, गठबन्धन वा सहकार्यको वातावरण निर्माण गर्ने निर्णय गरेका छौं । ८ वटै राजनीतिक दलका एक/एक जना नेता रहने गरी एउटा कार्यदल गठन गरिएको छ ।’

जुन कार्यदलमा जनता समाजवादी पार्टीवाट इस्तियाक राई, जनमत पार्टीवाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष  सुमन, नागरिक उन्मुक्ति पार्टीका  गंगाराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशील पार्टीवाट शिवजि यादव र तराइ मधेस लोकतान्त्रिक पार्टीवाट ब्रजेस सिंह रहेको केशव झाले जानकारी दिए ।