२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुङ्गामा सुमो दुर्घटना, तीन जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर–७ मा दुर्घटना भएको छ ।

दिक्तेलबाट बिरामी बोकेर काठमाडौँ आउँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकै परिवारको तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा खोटाङ केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन् ।

आगोले पोलेर गम्भीर घाइते भएकी मायादेवीलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ लिएर हिँडेका थिए। सुमो चालक २२ वर्षीय अनिल पण्डित भने फरार भएका छन् ।