२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुङ्गामा सुमो दुर्घटना, तीन जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर–७ मा दुर्घटना भएको छ ।

दिक्तेलबाट बिरामी बोकेर काठमाडौँ आउँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकै परिवारको तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा खोटाङ केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन् ।

आगोले पोलेर गम्भीर घाइते भएकी मायादेवीलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ लिएर हिँडेका थिए। सुमो चालक २२ वर्षीय अनिल पण्डित भने फरार भएका छन् ।