२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन जुवा खेलाउने दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ। अनलाइन (जुवा) सट्टावाजी गर्ने र गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका-९ घर भई काठमाडौँ बाफल बस्ने ४८ वर्षीय राज प्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका-१३ घर भई काठमाडौँ सोह्रखुट्टे  बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन्।

बेटिङ एप्लिकेशन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम्सहरू अन्तर्गत Mantra108 नामक वेबसाइट मार्फत जुवा (सट्टावाजी) गर्ने/गराउने गरी रकम संकलन गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने लगायतका गैर कानूनी कार्यहरू भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले हालसम्म २ करोड ४१ हजार ६ सय ३६ रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। साथै प्रहरीले उनीहरूको साथबाट नगद ९० हजार रुपैयाँ, मोबाइल ४ थान, कम्प्यूटर सिपियु १ थान, सिमकार्ड ५९ थान, एटीएम कार्ड २७ थान र चेकबुक ७ थान बरामद गरेको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।