१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक्टरः टेक वन’ को रिलिज रोक्न काठमाडौं जिल्ला अदालतको आदेश



अ+ अ-

काठमाडौं । काठमाडौं जिल्ला अदालतले भोलिबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न आदेश दिएको छ ।

अदालतले फिल्मको प्रदर्शन हाललाई स्थगित गर्ने आदेश दिएको हो ।

सोमबार ग्राण्ड प्रीमियर गरिएको यो फिल्मको विभिन्न सिनेमा हलहरुमा अग्रीम टिकट बुकिङ खुल्ला भईसकेको छ ।

गत शुक्रवार ‘एक्टर’ फिल्मका निर्माता सम्राट थापाले काठमाडौं जिल्ला अदालतमा शीर्षक जुधेको भन्दै ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न माग गर्दै रिट निवेदन दर्ता गरेका थिए ।

यस्तै, अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

यस्तो छ अदालतको आदेश: