२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभियोजन पुष्टि नहुँदै नागरिकलाई थुन्नु उसको मानव अधिकार र स्वतन्त्रता हनन गर्नु होः सांसद गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकारले कानूनको दुरुपयोग गरेर मानव अधिकार उल्लङ्घन गरिरहेको आरोप लगाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद गौतमले सरकारले थुनेर मात्र अभियोजन लगाउँदै मानव अधिकारको गम्भिर उल्लङ्घन गरिरहेको आरोप लगाउनुभएको हो ।

अभियोन लगाउनुपर्ने कारण भए नथुनिकन पनि राज्यले अभियोजन लगाउन सक्ने कानूनी व्यवस्था भएपनि लामो समयसम्म थुनेर मात्र अभियोजन लगाउने प्रवृत्तिको विकास भएको बताउनु भयो । उहाँले सरकारले कसैले सार्वजनिक रुपमा प्रश्न उठाउने बित्तिकै पक्राउ गरिहाल्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले न्यायिक निरुपण गर्ने संस्थाले अपराधी करार गरे जसरि नागरिकलाई थुन्नु उसको मानव अधिकार र स्वतन्त्रता हनन हुने जिकिर गर्नुभयो । सरकारले जनताको माग समस्या गर्न नसक्दा जनताले आक्रोशित रुपमा प्रश्न गर्ने गरेको र सरकारले अभद्र व्यवहारमा मुद्दा चलाउने गरेको भन्दै विरोध जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘तीन वर्षभन्दा कम सजाय हुने कसुरमा वेल पाइन्छ । यो सबैको अधिकार नै हो । अनि यो राज्यले अभियोजन गर्न पाउँछ तर थुनेर मात्रै र कानूनअनुसार आवश्यकता पर्दा अनुसन्धान प्रयोजनका लागि थुन भनेकोमा सरकार पक्षबाट कानूनको दुरुपयोग गरेर कानूनी हिसाबले थुन्न पाउँदासम्म त्यो एक्सेसिभ राइट हुँदासम्म थुन्ने अनि बल्ल अभियोजन गर्ने काम भइरहेको छ । यो मानव अधिकारको गम्भिर उल्लङ्घन हो । मैले आज यहाँ गम्भिर ध्यानाकर्षण गराउन चाहेँ । कसैलाई नथुनि पनि अभियोज गर्न सकिन्छ । कसैलाई अभियोन गर्नुपर्ने लाग्यो भने राज्यले अभियोजन गर्न पाउँछ । तर थुनेर मात्रै अभियोजन गर्नुपर्छ भन्ने त छैन नि । कसैलाई नथुनेर पनि अभियोजन गर्न सकिन्छ भन्ने अवस्थामा पनि सरकारले अहिले कसैले बोल्यो, सार्वजनिक रुपमा प्रश्न उठायो भने पक्रिहाल्ने र कति दिन हुन्छ अनुसन्धान प्रक्रियाको लागि भनेर थुनामा राख्ने अनि निश्चित समयपछि अभियोजन गर्ने प्रवृतिको देखिएको छ । मानिसहरुलाई डर, त्रासको वातावरण सिर्जना गर्ने अनि न्यायिक प्रक्रियामा अगाडि जाने जस्तो प्रक्रियामा सरकार गइरहेको जस्तो देखिन्छ । यो एक व्यक्तिको कुरा होइन । अहिले प्रवृत्ति नै यही देखिएको अवस्था छ । यसमा म आईजिपी सर हुनुहुन्छ गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु । भोलि अपराध हो वा होइन त पुष्टि हुनै बाँकी छ नि । भोलिको दिनमा न्यायिक निकायले पुष्टि त गर्ने नै हो । आज नै कसुरदार हो भने जसरि थुनेर भोलि उसले गल्ति गरेको रहेनछ भनेदेखि त उसको मानव अधिकार र स्वतन्त्रता हनन् भयो नि । सरकारले नागरिकले उठाएका प्रश्नको समाधान आफूले गर्न सकेको छैन । अनि नागरिक आक्रोशित शैलीमा प्रश्तुत भएको हुनसक्छ त्यस्ता कुरामा समातेर अभद्र व्यवहारमा मुद्दा चलाउने भनेको चाहीँ मानव अधिकारको उल्लङ्घन हो ।’

गम्भिर मुद्दाका कसुरदारबाहेकलाई थुनामा नराखि अभियोजन चलाउनुपर्नेमा उहाँको जोड छ ।