५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 2.06

Humidity: 83

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल (एक्स) मार्फत प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अवसरमा भारतीय समकक्षी मोदी र भारतीय जनतालाई आफ्नो न्यानो बधाईका साथै शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र राष्ट्रिय एकताको आदर्श सधैँ फस्टाउँदै जाने विश्वास व्यक्त गरेका छन् । साथै उनले दुई देशबीचको मित्रताको सम्बन्धलाई अझ गहिरो बनाउँदै जाओस् भन्ने कामना गरेका छन्।