२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैफ अलीमाथि हमला प्रकरणः आरोपितको औंठाछाप मेल खाएन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि हमला प्रकरणले नयाँ मोड लिएको छ । सैफमाथि आक्रमण गर्ने अभियुक्त शरीफुल इस्लामको औंठाछाप अभिनेताको घरबाट लिएको नमूनासँग मेल खाँदैन ।

सैफमाथि १५ जनवरीको राती हमला भएको थियो । प्रहरीले माघ २२ गते औंठाछाप र अन्य नमूना लिएको थियो । नमूना परीक्षणका लागि सिआइडी प्रयोगशालामा पठाइएको थियो ।

प्रहरीले घरको सिँढी, बाथरुमको ढोका र कान्छो छोरा जेहको कोठाको ढोकाको ह्यान्डलमा औंठाछाप लिएको थियो । यद्यपी घटनालगत्तै प्रहरीले ती स्थानहरूलाई सिल गरेको हो वा होइन भन्ने पुष्टि भएको छैन ।

यसअघि प्रहरीले सैफ अली खानमाथि भएको आक्रमणमा एकभन्दा बढी आरोपी संलग्न हुन सक्ने आशंका गरेको थियो ।

सैफ अली खानले प्रहरीलाई दिएको बयानमा भनेका थिए कि जनवरी १५ को राति उनी र उनकी श्रीमती करीना कपूर ११ औं तलामा आफ्नो बेडरूममा थिए जब उनीहरूले आफ्नी घरमा काम गर्ने एलियामा फिलिपको चिच्याएको आवाज सुने ।

तिनीहरू जहाँगीरको कोठातिर दौडे जहाँ एलियामा फिलिप पनि सुतिरहेका थिए । त्यहाँ उनले एक अपरिचित व्यक्तिलाई देखे । जहाँगीर पनि रोइरहेको थियो । सैफले अपरिचित व्यक्तिलाई समातेको बताए । यसपछि उनले आक्रमण गरे जसका कारण सैफ घाइते भए ।

अभिनेता सैफ अली खानलाई पाँच ठाउँमा छुरा प्रहार गरिएको थियो । उनको ढाड, नाडी, घाँटी, काँध र कुहिनोमा चोट लागेको छ । उनलाई उनका साथी अफिसर जैदीले अटो रिक्शामा मुम्बईको लीलावती अस्पताल लगेका थिए ।