२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप खड्काको ‘एक्टर’ विरुद्ध अदालतमा रिट



अ+ अ-

काठमाडौँ । प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टरः टेक वान’ विरुद्ध रिट दायर भएको छ ।

यही १६ माघदेखि प्रदर्शनमा आउन लागेको फिल्मविरुद्ध प्रतिलिपी अधिकार हनन भएको भन्दै रिट दायर भएको हो । रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ ।

गत ४ माघमा प्रदर्शन भएको अर्को फिल्म ‘एक्टर’का निर्माता मनोहरि थापाले खड्का अभिनीत फिल्म ‘एक्टर’ को प्रदर्शन रोक्न माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । दुबै पक्षलाई छलफलका लागि १५ गते अदालतमा बोलाइएको छ ।

यसअघि प्रदर्शन भएको फिल्म एक्टरको हुबहु मिल्ने इजाजत चलचित्र विकास बोर्डले अर्को नयाँ फिल्मलाई पनि दिइएको रिट निवेदमा उल्लेख छ ।

चलचित्र विकास बोर्डले भने दुई अलग फिल्म रहेको भन्दै इजाजत दिएको थियो ।