• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

च्यासलका खेलाडीमा कोरोना सङ्क्रमण देखिएपछि पुलिससँगको खेल रद्द



काठमाडौँ । च्यासल युथ क्लब (सीवाइसी) र नेपाल पुलिस क्लब (एनपीसी) बीच आइतबार हुने कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन खेल कोभिड–१९ को सङ्क्रमणका कारण रद्ध भएको छ ।

सीवाइसीले एन्फालाई आफ्ना १९ खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएको भन्दै एनपीसीविरुद्धको खेल स्थगित गर्न अनुरोध गरेको थियो ।

एन्फाको लिग कमिटीले मेडिकल कमिटीको सल्लाहमा खेल स्थगित गर्ने निर्णय गरेको हो । खेलको नयाँ मिति छिट्टै तय हुने जनाइएको छ ।

दशरथ रङ्गशालामा आइतबार दिउँसो ४ बजेर ४५ मिनेटमा सीवाइसी र एनपीसीबीच खेल्ने तालिका थियो । 

सोमबार न्युरोड टिम र जावलाखेल युथ क्लबबीचको खेल तालिकाअनुसार हुनेछ ।