१३ श्रावण २०८२, मंगलवार
July 29, 2025 Tuesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 26.15

Wind: 1.03

Humidity: 88

Latest
इराकमा अत्याधिक गर्मीः १३ प्रान्तमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम थाइल्याण्ड–कम्बोडिया युद्धविराम गर्न सहमत कैलालीका किसानलाई चैते धान भित्राउन चटारो भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी केटाकेटी बिरामी परिरहनेभएपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी एमालेको १२ औं अपानि : विद्या भण्डारी राष्ट्रकै गहना हो,राजनीतिमा फर्कनु हुदैन आज पाँच संसदीय समितिको बैठक बस्दै थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता तथा कार्यकर्तालाई जनतासँगै खट्न अध्यक्ष दाहालको निर्देशन



अ+ अ-

दाङ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै खट्न निर्देशन दिएका छन्।

माओवादी केन्द्र घोराहीको नगर अधिवेशन उद्घाटन तथा जिल्लास्तरीय पार्टी प्रशिक्षणलाई आज घोराहीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले विगतमा सत्तामा जाँदा सहिद, बेपत्ता तथा घाइते परिवारसँग सम्बन्ध टुटेको, जनतासँग पनि सम्बन्ध पनि टुटेको उल्लेख गर्दै विगतको गल्ती सच्याउन निर्देशन गरेका हुन्।

“विगतमा हामीमा धुलो लागेकै हो”, उनले भने, “अब हामी सच्चिनु पर्छ, सच्चिएर जनताको सेवामा लाग्नुपर्छ।” अहिले आफूले देशव्यापी रुपमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरिरहेको तथा जनताको घरदैलोमा पुग्ने गरेको भन्दै सबै नेता तथा कार्यकर्ताहरु यसरी नै जनताको घर–घरमा जान निर्देशन गरे।

साथै उनले प्राप्त उपलब्धिहरुलाई रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए। उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेको भन्दै यसको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन हुन सक्ने भन्दै त्यसका लागि तयार हुनसमेत निर्देशन गरेका छन्।