७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 27.29

Wind: 4.63

Humidity: 44

Latest
‘याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक’ कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ: अध्यक्ष ढकाल प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो नासाका सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा नेतालाई गिरफ्तार गरियो, अविलम्ब छाडियोस्ः राप्रपा पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाटै पक्राउ परराष्ट्रमन्त्री डा राणा बैंकक प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरालाई सबै हिसावले समृद्ध बनाउने सरकारको सपना छ : मन्त्री गुरुङ



अ+ अ-

कास्की। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनु पर्ने बताएका छन् ।

पोखरा रङ्गशालामा आजदेखि सुरु पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सरकारको सपना पोखरालाई सबै हिसाबले समृद्ध बनाउने रहेको उल्लेख गरे ।

‘गण्डकी प्रदेश स्रोत र साधनले सम्पन्न छ । मानवीय प्रयासले अझ शान्त र सभ्य, समृद्ध बनाउने हाम्रो सपना छ।पर्यटकीय राजधानीसँगै पोखरालाई खेलकुदको केन्द्र बनाउनु पर्दछ’, सञ्चारमन्त्री गुरुङले भने । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले पोखरालाई खेलकुद राजधानीसँगै शिक्षा र स्वास्थ्यको राजधानी बनाउनका लागि भौतिक पूर्वाधार निर्माण सरकारको योजनामा रहेको बताए ।

टाइगर कप भलिबलसहित, आहा रारा गोल्डकप फुटबल, अन्तर्राष्ट्रिय म्याराथनलगायतका प्रतियोगिताले यहाँको खेलकुदको विकासमा सहयोग गरेको उनको भनाइ थियो । मन्त्री गुरुङले पोखरामा ‘आइटी पार्क’ र ‘डाटा सेन्टर’ बनाउने सरकारको योजना रहेको सुनाए । पोखरा महानगरका प्रमुख धनराज आचार्यले खेलकुद विकासलाई महानगरले प्राथमिकतामा राखेको बताए । खेल र खेलाडीका लागि महानगरले सहयोग गर्दै आएको समेत उनले जानकारी दिए । पोखरा रङ्गशालामा आजदेखि सुरु प्रतियोगिता यही माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ छ गरी कूल १२ टोलीको सहभागिता छ ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले गण्डकी प्रदेशमा लोकप्रिय भलिबल खेल विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग पुग्ने बताए । प्रतियोगितामा विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी छन्। पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाएका छन् ।

महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् । दोस्रो हुनेलाई रु दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेलाई रु एक लाख ८५ हजार पाँच सय ५५ ट्रफी र पदक प्रदान गरिने छ ।

महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउनेछन् भने दुवैतर्फ विधागत उत्कृष्ट खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ ।रासस