२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले नागरिकलाई सन्तुष्ट पारेको छ : महेश बर्तौला



अ+ अ-

हेटौंडा। नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक भएको बताएका छन् ।

मकवानपुरको हेटौंडामा जारी नेपाल राष्ट्रिय शिक्षक संगठनको १४औं जिल्ला अधिबेशनमा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् । ‘हरेक शिक्षकहरुमा अधिकार सँगसँगै जवाफदेहिता सँगसँगै होस् । एक शिक्षकले विद्यालय जान घरबाट निस्कदै गर्दा आफुसँगै आफ्ना नानीबाबु विद्यालय लैजान सक्ने वातावरण बनाउनुपर्ने छ,’उनले भने ।

शिक्षकहरु स्थानीय तहमा रहन खोजिरहेका छैनन् भन्ने विषय पनि बाहिर उठेको भन्दै उनले टिप्पणी गरे,‘शिक्षकहरु संघीयता विरोधी होइनन् । कि स्थानीय तहको नेतृत्वले यातना दिने मानसिकताको कारणले गर्दा शिक्षकहरु स्थानीय तह अन्तर्गत बस्न खोजिरहेका छैनन् । केही स्थानीय तहमा शिक्षकहरुलाई संगठनमा संगठित भएकै कारण यताबाट उता र उताबाट अर्कोमा सरुवा गराई रहका छन् ।

‘दुई ठूला दल सरकारमा सँगै भए पनि २०८४ को आम निर्वाचनको लागि घोषित प्रतिस्पर्धी हौँ। एक्ला एक्लै चुनाव लड्ने घोषणा गरेरै तीन वर्ष बरालिएको अर्थतन्त्र ट्रयाकमा ल्याउने, बढ्नो निराशालाई आशामा बदल्नका लागि प्रयत्न गर्ने काम गर्नेछौं,’ उनले भने।