२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिल शर्मा, रेमो डिसुजा र राजपाल यादवलाई ज्यान मार्ने धम्की



अ+ अ-

एजेन्सी। भारतीय कलाकार तथा सेलिब्रेटीहरूलाई ज्यान मार्ने धम्कीपूर्ण इमेलहरू आईरहेको छ । हास्य कलाकार तथा अभिनेता कपिल शर्मा र राजपाल यादवलाई ज्यान मार्ने धम्कीसहितको इमेल आएको भारतीय सञ्चारमाध्यमहरुले लेखेको छ । यी दुईबाहेक रेमो डिसुजा र सुगंधा मिश्रालाई पनि धम्की आएको छ ।

सेलिब्रेटीहरूलाई प्राप्त धम्कीपूर्ण इमेलहरूको मुद्दामा प्रहरीले एफआईआर दर्ता गरेर अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार इमेल पाकिस्तानबाट पठाइएको पाईएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

इमेलमा सेलिब्रेटीहरलाई मात्र नभएर उनीहरूका नजिकका व्यक्ति र आफन्तहरूलाई पनि लक्षित गरिएको छ । यस विषयमा मुम्बईको अम्बोली प्रहरीले धारा ३५१ (३) अन्तर्गत मुद्दा दायर गरेको छ ।

मिडिया रिपोर्टका अनुसार धम्कीपूर्ण इमेल विष्णु नामक व्यक्तिले पठाएका हुन् । ‘यो सबै हामी प्रचार स्टन्टको रूपमा गरिरहेका छैनौं । हामीसँग तपाईंका सबै गतिविधिका जानकारी छन् । हामी आगामी ८ घण्टा भित्र तपाईंबाट तत्काल प्रतिक्रियाको अपेक्षा गर्दछौं । यदि हामीले कुनै जवाफ पाएनौं भने, हामी मान्नेछौं कि तपाईंले यो कुरालाई गम्भीरतापूर्वक लिइरहनुभएको छैन– विष्णु ।’ , इमेलमा लेखिएको छ ।

प्रहरीले इमेलको अनुसन्धान गरिरहेको छ ।