२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्तालुको नाम टिपाउने कार्य बन्द



अ+ अ-

काठमाडौँ । ऐतिहासिक धार्मिक तीर्थस्थल शालिनदी परिसरमा सञ्चालन हुने श्री माधवनारायण व्रतका लागि बर्तालुको नाम टिपाउने काम बन्द गरिएको छ । 

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एक महिने मेलाका क्रममा सञ्चालन हुने श्री माधवनारायण व्रतको नाम टिपाउने काम कोरोना महामारीका कारण बन्द गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । 

समितिले व्रत बस्ने बर्तालुहरुको सीमित सङ्ख्या मात्र राख्ने निर्णय भएकाले कोभिड–१९ खोप लगाएकालाई मात्र बस्न दिइने र सीमित सङ्ख्या पुगिसकेकाले अब बर्तालुको नाम नटिप्ने जनाएको हो । 

त्यस्तै समितिले शालिनदी मेला भर्न आउनेले अनिवार्य खोप कार्ड बोक्नुपर्ने निर्णय गरेको छ । साँखुमा श्री माधवनारायण स्वस्थानी व्रत, नित्य पूजा र धार्मिक प्रक्रियामात्र पुर्याइने जनाइएको छ ।