• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल

खैरो फड्के कीराको प्रकोपले धानबालीमा क्षति



कञ्चनपुर । खैरो फड्के कीराले कञ्चनपुरका पाक्नै लागेको धानबालीमा व्यापक क्षति पुर्याएको छ । 

शुक्लाफाँटा, बेदकोट, भीमदत्त र महाकाली नगरपालिकाका किसानले लगाएको धानबालीमा फड्के कीराले व्यापक क्षति पुर्याएको हो । 

कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख रामचन्द्र भट्टका  अनुसार फड्के कीराका कारण किसानले लगाएको झण्डै ३० हेक्टरको धानबाली पूरै सखाप भएको छ । “ किसानका खेतमै पुगेर प्राविधिक सल्लाहसँंगै विषादी र स्प्रे निःशुल्क वितरणको कार्यमा लागेका छौं”, उहाँले भन्नुभयो, “हालसम्म चार वटै नगरपालिकाका फड्के कीराले धानबालीमा नोक्सान पुगेका किसानलाई रु एक लाख बढीको विषादी वितरण गरिएको छ ।” 

कृषि निर्देशनालयबाट प्राप्त विषादी र स्प्रे टङ्कीसमेत किसानलाई वितरण गर्न लागिएको उहाँले बताउनुभयो । “छोटो अवधिमा पाक्न सक्ने जातका धान काट्न अझै एक साता बाँकी छ”,  उहाँले भन्नुभयो “लामो अवधिमा पाक्ने धानबाली काट्न अझै केही समय पर्खनुपर्ने हुन्छ ।” “यस्तो अवस्थमा फड्के कीराले अझै धानबालीमा व्यापक नोक्सानी पु¥याउन सक्ने भएकाले किसानलाई विषादी छर्कनका लागि भन्दै आएका छौं”, उहाँले भन्नुभयो, “धानको गाँजसम्म पुग्ने गरी किसानले विषादी छर्किए कीरा नलागेको धानबालीलाई सम्भावित खतराबाट जोगाउन सकिन्छ ।”
 
देख्दा भुसुना जस्तै साना हजारौंको सङ्ख्यामा देखा पर्ने कीराले एकै रातमा धेरै क्षेत्रफलमा लगाएको धानबालीमा नोक्सानी पु¥याइएको पाइएको उहाँले बताउनुभयो । हिलो पानी जमेको खेतमा मात्रै खैरो फड्के कीराको प्रयोग भएको पाइएको छ । पानीको सतह भन्दा एक फिटमाथि बसेर धानको बोटको रस चुसेर फड्के कीराले खाने भएकाले धान पाक्न नपाउँदै सुक्ने गरेको छ । 

कीरा नियन्त्रणका लागि प्रयोग गरिने विषादी निकै कडा खाले हुने भएकाले गर्भवती र बिरामी भएका व्यक्तिले यसको सम्पर्कमा आउन नहुने कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक जनकबहादुर सिँहले बताउनुभयो । विषादी छर्किएको धानको पराल र धानसँगै रहेको खेतको घाँस २० दिन पछि मात्रै गाईबस्तुलाई खुवाउनका लागि प्रयोगमा ल्याउन सकिने उहाँले बताउनुभयो । फड्के कीराको समस्या भएका किसानलाई एजदिरक्दीन, हेक्जाकोनाकोल र इमिडाक्लोप्रिड विषादीलाई धानको फेदमा पर्ने गरी छर्कनका लागि सुझाव दिइएको उहाँले बताउनुभयो । धेरै किसानको खेतमा खैरो फड्के कीराको प्रकोप देखिएकाले किसानले सजता अपनाउनुपर्ने उहाँको भनाइ छ । 

उहाँका अनुसार फड्के कीराको प्रकोप भएका धानका बिरुवा पूरै सुक्ने र पूरै जल्ने ९होपर बर्र्न० हुने गरेका छन् । धानबालीको मुख्य शत्रु जीवका रुपमा रहेको फड्के कीरा धानको पात र बोटको आधारमा बसेर रस चुसेर खाई धानबालीलाई नोक्सानी पु¥याउने गरेको छ । धानको फेदमा पानीको सतहमाथि बस्ने गरेको कीराले धानबालीलाई पूरै सखाप पार्ने गरेको पाइएको छ । “खेतमा बढी पानी, गर्मी मौसम र अत्यधिक युरिया मलको प्रयोगले कीराको सङ्ख्यामा वृद्धि हुने गरेको छ”, प्राविधिक सिँहले भन्नुभयो, “रासायनिक मलको सन्तुलित मात्रामा प्रयोग गर्ने र नाइट्रोजन मलको बढी प्रयोग गर्नु हुदैन ।”

अनुगमनका क्रममा फड्के कीराले शुक्लाफाँटा नगरपालिका– १२ का किसानको तीन बिघा जग्गामा लगाएको धानबाली पूरै सखाप भएको पाइएको छ । किसानको धानबाली कीराको प्रकोपबाट जोगाउनका लागि तत्काल विषादी खरिद गरी किसानका खेतमा छर्कने व्यवस्था मिलाउने योजना शुक्लाफाँटा नगरपालिकाको छ । 
 
कीराको प्रकोपबारे किसानलाई जागरुक बनाउनका लागि प्रचारप्रसारको कार्यमा जोड दिनका लागि शुक्लाफाँटा नगरपालिकाले कार्य अगाडि बढाउने निर्णय गरेको नगरपालिका आर्थिक समितिका संयोजक ईश्वर सुनारले बताउनुभयो । “नगरपालिकाका धेरै वडामा खैरो फड्के कीराको प्रयोग देखिएको छ”, उहाँले भन्नुभयो, “कृषि प्राविधिको सल्लाहमा नियन्त्रणका लागि कार्य अगाडि बढाउँदै छौं ।”