१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा थप ६७४ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  सोमबार  गरिएको परीक्षणमा काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। संक्रमितमध्ये ४७ हजार २३८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४२७ जनाको मृत्यु भएको छ।