२४ मंसिर २०८२, बुधबार
,
Latest
काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा पहिचान पक्षधर ३ घटक समाहित स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ



अ+ अ-

काठमाडौं । धनुषामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । २०४३ सालमा लठ्ठी प्रहार गरी हत्यामा जन्मकैद सजाय तोकिएका एक फरार अभियुक्तलाई धनुषा प्रहरीले २१ वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका एक व्यक्तिलाई मंगलबार भारतीय सीमाना जटही नाकाबाट पक्राउ गरिएको जानकारी दिएका छन् ।

धनुषाको सबैला नगरपालिका–२ मुसहरी टोल बस्ने हाल ६५ वर्षका रामबाबु यादवले सबैला–२ मा बस्ने जनक यादवलाई २०४३ सालमा लठ्ठी प्रहार गरी हत्या गरेको थियो । दुवैबीच विवाद बढेपछि रामबाबुले जनकमाथि लठ्ठी प्रहार गरेको थियो । हत्यापछि फरार रहेका रामबाबुलाई भने जिल्ला अदालत धनुषाले २०६० साउन १६ गते सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।

‘वारदातको २१ वर्षपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले मंगलबार(आज) रामबाबुलाई भारतको सीमानजिक लग्मा–जटही नाकाबाट पक्राउ गरिएको छ,’ धनुषा प्रहरीका डीएसपी सिंहले भने,‘पक्राउ गरिएका रामबाबुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा पठाइएको छ ।’