६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.39

Wind: 1.03

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार एमालेमा प्रवेश गर्दै वामदेव गौतम



file-photo
अ+ अ-

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान अभियानका संयोजक तथा नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम बुधबार एमालेमा फर्किने भएका छन् ।

आज बस्न लागेको एमाले सचिवालय बैठकको निर्णयअनुसार पार्टी प्रवेश गर्ने तयारी रहेको एक नेताले बताए ।

आज बोलाइएको एमाले सचिवालय बैठकले वामदेव गौतम र उनी नेतृत्वको घटकका नेताहरू व्यवस्थापनसम्बन्धी विषय समावेश छ । उक्त बैठकले गौतमसहितका बारेमा निर्णय गरे भोलि प्रवेश गर्ने तयारी रहेको ती नेताले बताए ।

यसअघि आइतबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार पुगेर गौतमले भेट गरेका थिए । अध्यक्ष ओलीले यसबारे जानकारी गराएपछि पार्टीमा फरकने तयारी रहेको गौतमले बताएका थिए ।