३० श्रावण २०८३, शनिबार
,
Latest
इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ हुने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ आयोजना गर्ने भएको छ ।

कामपा वडा नं १५ ले स्थानीय व्यक्ति, समुदाय, संघसंस्था तथा साझेदारहरुसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो ।

स्थानीयसँग प्रतिक्रिया लिन तथा सहभागिता सुनिश्चित गर्न महोत्सव आयोजना गर्न लागेको बताउदै वडाध्यक्ष डंगोलले ईश्वरमान डंगोलले भने, ‘वडामा भएका प्राचीन धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक मठ मन्दिर, चैत्य, गुम्बासहितका मूर्त सम्पदा तथा संस्कृति र परम्परा जस्ता विविधतायुक्त अमूर्त सम्पदाले सजिएको वडालाई सद्भावपूर्ण पहिचानको प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो । वडाले नेतृत्व लिएर थालेको कामबाट पहिचान र समृद्धिका कोणबाट दिगो लाभ प्राप्त गर्न व्यक्ति, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको सहभागिताको अपेक्षा गरेका छौँ ।’

महोत्सव भुइँखेल चौरमा हुनेछ । भगवान पाउनको धर्मचक्र पार्कमा प्रदर्शनी र वडा स्तरीय विपद व्यवस्थापन, खोज उद्धार तथा पुनःस्थापना प्रदर्शनी हुनेछ ।