२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेकको आदेश आजै आउने



अ+ अ-

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि हुँदै छ । बहस सकिएपछि आजै आदेश आउने सम्भावना छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस भइरहेको छ । गत सोमबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो सार्वजनिक बिदा भएकाले आज फेरि बहस हुन लागेको हो ।

थुनछेक बहस सम्भवत: आजै सकिने भएकाले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिरै बसेर कानुनी लडाइ लड्ने भन्ने आदेश आउन सक्ने जनाइएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीवार ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँबाट छुटेपछि आइतबार लामिछाने आफैँ अदालतमा उपस्थित भएका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको लामिछानेलगायत माथि आरोप छ ।