५ भाद्र २०८३, शुक्रबार
,
Latest
गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो अभ्यास खेलमा महिला यू-१९ टिम वेस्ट इन्डिजसँग पराजित



अ+ अ-

काठमाडौँ । महिला यू-१९ क्रिकेट विश्वकप खेल्न मलेसिया पुगेको नेपाली टिमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ ।

मलेसियास्थित कोलेज टुनकु जाफर मैदानमा सम्पन्न खेलमा नेपाल वेस्ट इन्डिजसँग९ रनले पराजित भएको हो ।

वेस्ट इन्डिजले दिएको ११० रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुँदै १०० रन बनाएको थियो । नेपालका लागि सीमाना केसीले २३ र किरण कुँवरले १८ रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिंग गर्दै वेस्ट इन्डिजले ४ विकेट गुमाउँदै १०९ रन बनाएको थियो ।

नेपालले विश्वकपका खेल खेल्नु अघि जनवरी १५ मा अमेरिकाविरुद्ध पनि अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

विश्वकपमा नेपाल समूह डी मा रहेको छ । समूह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्नेछ । त्यस्तै जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।

मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन् ।