१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपीमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु



अ+ अ-

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङ र सप्तरी एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  

असोज ५ गते प्रतिष्ठानमा भर्ना गरिएका मोरङको कानेपोखरी गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको बिहीबार राति ८ स् ३० बजे मृत्यु भएको हो । सर्जिकलको आइसीयूमा उपचाररत उनलाई बिहीबार संक्रमण पुष्टि भएको प्रवक्ता डा. निदेश सापकोटाले बताए । मृतकमा पहिल्यैदेखि आन्द्राको क्यान्सर रहेको डा सापकोटाको भनाइ छ ।

त्यस्तै भदौ २८ गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट प्रतिष्ठान ल्याइएका सप्तरीको राजविराज–३ घर भएका ७० वर्षीय संक्रमित वृद्धको पनि उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको छ ।  

ज्वरो, खोकी, श्वासप्रश्वास र निमोनियाको समस्या देखिएका वृद्धमा भदौ २५ गते संक्रमण पुष्टि भएको थियो । गम्भीर अवस्थाका वृद्धको बिहीबार राति ११ बजे उपचारका क्रममा प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको जानकारी डा. सापकोटाले दिए ।