१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, थपिए १३ सय १३ जना संक्रमित



अ+ अ-

काठमाडौं । नेपालमा आज थप १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ६२ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ५३ र पुरुष ८ सय ६० जनामा संक्रमण देखिएको हो । 

आज काठमाडौंमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । आज १ हजार ४ सय ५५ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । आइसियुमा २ सय २७ र भेन्टिलेटरमा ३९ जना संक्रमित उपचाररत रहेका छन । 

देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ पुगेको छ । आज देशभरीका संस्थागत आइसोलेसनमा ८ हजार २ सय ३७ र होम आइसोलेसनमा १० हजार ५२ जना संक्रमित उपचाररत रहेका छन । क्वारेन्टिनमा ६ हजार ४ सय ६४ जना रहेका छन ।

नेपालमा हालसम्म संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।