१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसममा क्रमिक सुधार, पूर्वी नेपालमा वर्षा



अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूर्र्वी क्षेत्रमा भने अहिले पनि पूर्ण बदली कै अवस्था रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र २ मा पूर्ण बदलीसहित धेरै ठाउँमा वर्षा भइरहेको छ । ठाउँठाउँमा सामान्यदेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षासमेत भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । “काठमाडौँमा केही खुलेको देखिन्छ, तर पूर्ण मौसम सफा भने भएको छैन”, कँडेलले भन्नुभयो, “रातिसम्म बदलीको अवस्था छ, आजदेखि नै मौसममा केही सुधार देखिएको र शनिबारदेखि भने विस्तारै मौसममा थप सुधार हुँदै जान्छ ।” उहाँका अनुसार मौसम सुधार भए पनि छिटफुट बदली र केही स्थानमा वर्षा भने कायमै रहने छ र शनिबारपछि भने  लगातारको झरी नहुने कँडेलले बताउनुभयो । यसअघि तीन दिन मुलुकको अधिकांश क्षेत्रमा मौसम पूर्ण बदली भई धेरै स्थानमा वर्षा भएको थियो । मुख्यगरी प्रदेश १ देखि ५ सम्म बढी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ । यसपालि कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ । 

हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको छ । साथै यो न्यून चापीय क्षेत्र उत्तरपूर्व सर्दैछ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २ र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

शनिबार प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण बाढी र पहिरो जाँदा पछिल्लो तीन दिनमा १५ जनाभन्दा बढीको ज्यान गएको छ भने केही बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी रहेको जनाइएको छ । 

यो वर्ष मुलुकका विभिन्न क्षेत्रमा विपद्मा परेर ३९१ जनाको ज्यान गएको छ भने ११० जना अझै बेपत्ता छन् । सबैभन्दा बढी पहिरोले मात्रै २८७ जनाको ज्यान लिएको छ ।