काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ । स्वास्थ्यमा गार्हो भएपछि स्वाब परीक्षण गरेका मेयर महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो।
ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले मेयर महर्जनलाई आज कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। मेयर महर्जनलाई जिउ दुख्ने, टाउको दुख्ने लक्षण देखिएको थियो।
यसअघि काठमेयर विद्यासुन्दरलाई पनि कोरोना संक्रमण भएर अहिले कोरोनामुक्त भइसकेका हुन्।











