८ श्रावण २०८३, शुक्रबार
,
Latest
बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ: अर्थमन्त्री वाग्ले कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन् : सञ्चारमन्त्री डा. तिमिल्सिना वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने: मन्त्री… झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन खैरो हेरोइनसहित चार जना पक्राउ सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको थुनछेक बहस आज, कारागार चलान कि धरौटी ?



file photo
अ+ अ-

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको थुनछेक बहस आज हुने भएको छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई हिजो भने न्यायिक हिरासतमा पठाएको थियो ।

कास्कीबाट हिरासतमुक्त भएको तेस्रो दिन आइतबार उपस्थित भएका उनलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले हिरासतमा पठाउने आदेश गरेको हो ।

लामिछनेको बयान सकिए पनि हिजो थुनछेक बहस हुन नसक्दा अदालतले हिरासतमा पठाउने निर्णय गरेको हो । आज बहस भएपछि उनलाई धरौटीमा छाड्ने, साधारण तारिखमा छाड्ने वा कारागार चलान गर्ने भन्ने निर्णय हुने छ ।

स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड संगठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेलगायत ३९ विरुद्ध काठमाडौंमा गत पुस २१ मा मुद्दा दायर भएको थियो ।

उनको बयान हिजो सकिएको छ । अब मुद्दामा आजदेखि नियमित सुनुवाइ हुनेछ । अदालतको आदेशअनुसार लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा राखिएको छ ।