१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने छ : मन्त्री भट्टराई



फाईल फोटो
अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ ।

विगत ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने बताउनुभयो । राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले संस्थान, वित्तिय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरु, शिक्षक र कर्मचारी सबैलाई संगठित रुपमा देश दर्शन गराउने तयारी सरकारले गरेको बताउनुभयो ।

उहाँले यो अभियानमा साथ दिन नीति क्षेत्रहरुलाई समेत आग्रह गर्नुभयो । विश्वका जुनसुकै मुलुकले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको उल्लेख गर्दै उहाँले नेपालको सन्दर्भमा पनि आन्तरिक पर्यटनले नै धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने बताउनुभयो ।

मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नै हप्तामा दुई दिन सार्वजनिक विदाको अवधारणा अघि सारेको उहाँले बताउनुभयो । हप्तामा दुई दिन विदाको व्यवस्था मिलाउन विभिन्न मन्त्रालयहरुसँग अन्तरमन्त्रालय छलफल भइरहेको उहाँले बताउनुभयो । पर्यटन सम्बद्ध सेवा प्रदायक संस्था तथा कम्पनीहरुले समेत आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष योजनाहरु सार्वजनिक गरिरहेका छन ।