१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपिका, सारा र श्रद्धा लागूऔषध मुद्दामा तानिए



अ+ अ-

मुम्बई — लागूऔषध मामिलामा आरोप लागेका चर्चित भारतीय अभिनेत्रीहरु दीपिका पादुकोण, श्रद्धा कपुर र साराअलि खानसँग शनिबार भारतको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले सोधपुछ गरेको छ ।

शनिबार बिहानै एनसीबी कार्यालय पुगेकी दिपिका, श्रद्धा र सारासँग सोधपुछ जारी रहेको नवभारत टाइम्सले जनाएको छ ।

अभिनेता सुशान्त सिंह राजदुतको आत्महत्या प्रकरणमा लागूऔषध जोडिएपछि उनकी प्रेमिका अभिनेत्री रिया चक्रवर्ती विवादमा तानिएकी थिइन् । उनी अहिले एनसीबीको हिरासतमै छन् ।

यही सिलसिलामा बलिउडमा लागूऔषधको प्रयोगबारे छानबिन गर्दै एनसीबीले यी अभिनेत्रीहरुलाई बयानका लागि बोलाएको हो ।

अर्की अभिनेत्री रकुलप्रित सिंहसँग शुक्रबार बयान लिइएको थियो । उनीहरुले ह्वाट्सएप ग्रुप बनाएर ड्रग्सको प्रयोग गरेको समेत भारतीय मिडियामा खबर छ ।