४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा

एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा
अ+ अ-

एजेन्सी । पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ । यसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचन प्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवाञ्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रूपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँछ ।

तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्छ । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।

कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रूपमा हटाउँछ ।

महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौँ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिर निकाल्ने तत्व)को रूपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान सावित हुन्छ ।

मह र तातो पानीको मिश्रणले शरीरको इनर्जी बढाउँछ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।

मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ, जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रूपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।

मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।