१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु शेखरले एसियाली आइटीएफमा खेल्ने सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद चाँडै शुरु हुन्छः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई एकताका प्रतिकको रुपमा लिनुपर्ने बताउनुभएको छ ।

शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आयोजना गरेको चियापान समारोहमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल विभिन्न जातजाति, संस्कार, संस्कृतिको देश भएको बताउनु भयो । नेपालको भुगोललाई एकतावद्ध गरी अरु प्रगति गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले एकताका प्रतिकको रुपमा लिनुपर्छ । विभिन्न जातजाति, संस्कार, संस्कृति, भएको भुगोल हो यो । यो भुगोललाई एकतावद्ध गरी अरु प्रगति गरेर लैजानुपर्छ भन्नेकुरा सिक्नुपर्छ । सदन अब बेला भएको छ, चाँडै चल्छ ।’

संसद कहिलेबाट शुरु हुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले चाँडै अधिवेशन आह्वान हुने बताउनु भयो ।