२९ पुष २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद चाँडै शुरु हुन्छः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई एकताका प्रतिकको रुपमा लिनुपर्ने बताउनुभएको छ ।

शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आयोजना गरेको चियापान समारोहमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल विभिन्न जातजाति, संस्कार, संस्कृतिको देश भएको बताउनु भयो । नेपालको भुगोललाई एकतावद्ध गरी अरु प्रगति गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले एकताका प्रतिकको रुपमा लिनुपर्छ । विभिन्न जातजाति, संस्कार, संस्कृति, भएको भुगोल हो यो । यो भुगोललाई एकतावद्ध गरी अरु प्रगति गरेर लैजानुपर्छ भन्नेकुरा सिक्नुपर्छ । सदन अब बेला भएको छ, चाँडै चल्छ ।’

संसद कहिलेबाट शुरु हुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले चाँडै अधिवेशन आह्वान हुने बताउनु भयो ।