२७ पुष २०८१, शनिबार
,
Latest
नयाँ पुस्तालाई थप निराश बनाउनु हुँदैनः मन्त्री पाण्डे नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न मनाइयो पृथ्वीजयन्ती (तस्बिरहरु) पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री-फोटोफिचर राप्रपाको चियापानमा ओली, देउवा, नेपाल लगायतका नेताहरु सहभागी खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न फेरि राष्ट्र बैंकको निर्देशन जुम्लामा ८,८२९ छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने ढोरपाटन नगरप्रमुख देव कुमार नेपाली र इमेज सहकारीपीडित ५४७ बीच मेलमिलाप म्याग्दीको राहुघाट जलविद्युतको ‘स्विचयार्ड’ निर्माण सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न फेरि राष्ट्र बैंकको निर्देशन



अ+ अ-

काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्र प्रयोग गर्नुपर्ने विषयलाई पुन: स्पष्ट पारेको छ।

सरकारले २०८१ असार १० गते प्रकाशन गरेको राजपत्रमा २०८१ माघ १ गतेदेखि, बैंक खाता खोल्न वा वित्तीय सेवाहरु प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको थियो ।

राष्ट्रिय परिचयपत्र बनाउन सहजता सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरुबाट नियमित रुपमा सेवा प्रदान भइरहेको छ। यसबाहेक, काठमाडौँ उपत्यकाका केही ठाउँमा अस्थायी शिविर स्थापना गरी परिचयपत्र प्रदान गर्ने व्यवस्था गरिएको पनि बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकहरुलाई सहयोग पुर्‍याउन निर्देशन दिँदै राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्यरूपमा प्रयोग गर्न आग्रह गरेको छ।