१९ भाद्र २०८३, शुक्रबार
,
Latest
कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाका कप्तान कमिन्सले च्याम्पियन्स ट्रफी खेल्नेमा शंका



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको आईसीसी च्याम्पियन्स ट्रफी खेल्नेमा शंका उत्पन्न भएको छ ।

उनको खुट्टामा चोट लागेको छ, जसका लागि उनको स्क्यान गर्नुपर्नेछ । अस्ट्रेलियाका मुख्य चयनकर्ता जर्ज बेलीले प्याट कमिन्सको फिटनेसको बारेमा जानकारी दिएका छन् ।

बेलीले भने, ‘प्याट दोस्रो पटक बुवा बन्न लागेका छन्, जसका लागि उनी अहिले ब्रेकमा छन् । उनको खुट्टामा हल्का चोट लागेको छ । उनको अर्को हप्ता स्क्यान हुनेछ, त्यसपछि उनको चोटको अवस्था थाहा हुनेछ ।’

जब उनलाई कमिन्सले च्याम्पियन्स ट्रफी खेल्न पाउनेछन् कि भनेर सोध्दा उनले भने, ‘अहिले नै केही भन्न मिल्दैन । स्क्यान रिपोर्ट हेरेपछि मात्र निर्णय हुनेछ ।’ पाकिस्तानको आयोजनामा च्याम्पियन्स ट्रफी २०२५ फेब्रुअरी १९ बाट सुरु भई मार्च ९ सम्म चल्नेछ ।

अस्ट्रेलियाले हालै कमिन्सको कप्तानीमा भारत विरुद्ध बोर्डर-गावस्कर ट्रफी ३-१ ले जितेको थियो । बीजीटीमा कमिन्स टोलीका सर्वाधिक विकेट लिने खेलाडी थिए । उनले आफ्नो टोलीलाई २०२३ को एकदिवसीय विश्वकपको उपाधि पनि दिलाएका थिए ।