२६ पुष २०८१, शुक्रबार
,
Latest
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय ‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्छः अध्यक्ष ढकाल कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने’ प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता विपिनको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल जीपको ठक्करबाट एक जनाको मृत्यु वैदेशिक रोजगारी त्यागेर जुनारखेती सुप्रिम सहकारी ठगी: रविसहितलाई प्रतिवादी कायम गर्नुपर्ने रायसहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेल्ने यू-१९ महिला क्रिकेट टिमको बिदाई



अ+ अ-

काठमाडौँ । मलेसियामा हुने यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली यू–१९ महिला टिमको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो ।

यू–१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाई गरेका हुन् ।

समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्नेछ । दोस्रो खेल जनवरी २० मा स्कटल्याण्ड र तेस्रो खेल जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ । विश्वकपअघि नेपालले दुई वार्मअप खेल पनि खेल्नेछ ।

नेपाली महिला यू-१९ टोली

पूजा महतो (कप्तान),सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव,सावित्रा धामी, तृषना विक, किरन कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा,अनु कडायत र कृष्मा गुरुङ ।