७ श्रावण २०८३, बिहीबार
,
Latest
नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाध्यक्षको तरकारीखेती मोह



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पु¥याएर बेच्छन् ।

यो कार्य उहाँले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आउनुभएको छ । दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ । तरकारीखेतीले घर खर्च चलाउन सहज भएकाले निरन्तर रूपमा अपनाउँदै आएको उहाँ बताउनुहुन्छ ।

चौधरी तरकारीखेतीमा जस्तै जनताको सुखदुःखमा साथ दिने वडाध्यक्षका रूपमा परिचित छन् । त्यहीँ भएर उहाँ दोस्रो कार्यकालका लागि वडाध्यक्षमा जनताले चुनेका हुन् । बिदाका दिन वडाको काम नपरे उहाँ दिनभर तरकारीका बिरूवा रोप्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने कार्यमा बिताउनुहुन्छ । उहाँकी श्रीमतीले पनि तरकारी रोप्नेदेखि टिप्ने, बोक्ने कार्यमा चौधरीलाई सघाउनुहुन्छ । वर्षमा वडाध्यक्षले रू पाँच लाखजत्तिको तरकारी बिक्री गरी आम्दानी गर्दै आएका छन् । दश कठ्ठा जग्गामा उहाँले तरकारीखेती गर्नुभएको छ ।

काउली, गोलभेँडा, धनिया, रायो, खुर्सानी, मुला, घ्यूसिमी, भान्टा, आलुलगायत तरकारी तथा हरियो साग चौधरीको बारीमा लटरम्म फलेका छन् । “काउली मात्र बेचेर रू ५० हजार जतिको आम्दानी भएको छ”, अध्यक्ष चौधरीले भन्नुभयो, “पहिलोपटक लगाएको काउली बेचिसक्यौँ, दोस्रोपटक लगाएको काउली आउँदो महिना बेच्न ठिक हुन्छ ।” काउलीबाहेकको अन्य तरकारी रू २० हजार जतिको बेचेको उहाँ बताउनुहुन्छ ।

“बारीमा प्याजका बेर्ना रोप्न तयार भएका छन्”, अध्यक्षका श्रीमती सावित्री चौधरीले भन्नुभयो, “आलु खन्ने अवस्थामा छन्, आलु खनेर प्याज रोप्छौँ ।” यसअघि चौधरी दम्पतीले लौका, काँक्रा, तितेकरेला, फर्सीलगायतको खेती गरी रू एक लाख आम्दानी हात पार्न सफल भएका थिए । तरकारीखेतीको कमाइले परिवारको खर्चसँगै छोराको पढाई खर्च व्यहोर्दै आएका छन् । नगरपालिकाबाट पाइने पारिश्रमिक सामाजिक कार्यमै खर्च गरेर सिद्धिने उहाँ बताउनुहुन्छ ।

“आर्थिक सहयोग माग्नेलाई दिनैप¥यो”, उहाँले भन्नुभयो, “भेट्न आउने पाहुनाको सेवा सत्कार गर्नैप¥यो, सामाजिक कार्य गर्न सहयोग माग्नेलाई नाइनास्ती गर्न पाइएन, यस्तो अवस्थामा नगरबाट उपलब्ध हुने पारिश्रमिकले भ्यान निकै गाह्रो हुन्छ ।”

“जनप्रतिनि हुँ भनेर हात हल्लउँदै हिँड्नु पनि परेन, वडाध्यक्षले परीश्रम गरेको देखेर अरूले पनि गर्छन, काम गर्ने प्रवृत्ति हामीले नै बसाल्नुपर्छ, आर्थिक रूपमा वडावासी समृद्ध बने मात्र विकासले फड्को मार्ने न हो”, उहाँ भन्नुहुन्छ ।

बिहान, साँझ र बिदाको दिनको सदुपयोग बारीको काम गरेर बिताउने चौधरी वडाको विकासका कार्यमा पनि उत्तिकै चासो राख्नुहुन्छ । गाउँका सडक स्तरोन्नति गर्ने कार्यमा श्रमदान गर्न अग्रसर भएर अगाडि सर्नुहुन्छ । परिश्रमी वडाध्यक्षका रूपमा वडावासीले उहाँलाई चिन्ने गर्छन् । विकास निर्माण, सामाजिक कार्यमा अग्रणी रहने भएकाले दोस्रोपटक वडाध्यक्षको नेतृत्व सम्हाल्ने मौका वडावासीले दिएको बिलबहादुर चौधरी बताउनुहुन्छ ।

“वडाध्यक्ष भए पनि तरकारीखेती गर्नुहुन्छ, गाउँका अरू किसानभन्दा तरकारी फलाउनमा पछाडि छैनन्”, उहाँले भन्नुभयो, “नगरपालिका र वडाबाट पनि किसानलाई पहिलो स्थानमा राखेर अनुदानका कार्यक्रम सञ्चालन गर्नुहुन्छ, किसानलाई कुन किसिमको तालिम चाहिन्छ, मागअनुसारको तालिम चलाउनुहुन्छ ।”

वडा अध्यक्षकै प्रयासमा व्यवसायिक तरकारी खेती गर्ने किसानले खेत जोत्नका लागि पावर टिलर, तरकारी खेती गर्न प्लाष्टिका हाइटेक टनेल, सिँचाइका लागि विद्युतीय मोटर तथा पम्पसेट पाएको उहाँ बताउनुहुन्छ ।

उन्नत जातको बीउबिजनको प्रयोगलाई बढावा दिने कार्यसँगै खेतीगर्ने तौर तरिका सिकाउनका लागि किसानलाई जानकारी गराउन प्राविधिक परिचालनको कार्य वडा अध्यक्षकै प्रयासमा हुने गरेको उहाँ बताउनुहुन्छ ।

वडा अध्यक्ष हुनुअघि नरेन्द्रले गाउँको वरघर बनेर नेतृत्व गर्नुभएको थियो । गाउँको न्याय निसाफ छिन्ने, अंशवण्डा गर्ने, संस्कृति जोगाउने, विकास निर्माणको अगुवाई गर्ने कार्य थारू समुदायमा वरघरले गर्ने गर्दछ । रासस