५ भाद्र २०८३, शुक्रबार
,
Latest
‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा अम्पायरिङको स्तर नसुधारे भविष्यमा अनगिन्ती खेलाडीले पीडा भोग्नेछन्ः सन्दीप लामिछाने



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेले नेपालमा अम्पायरिङको स्तरमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

लामो समयदेखि नेपालको अम्पायरिङ अस्तव्यस्त रहेको र आवश्यक कदम नचालिएको भन्दै सन्दीपले यसबाट भविष्यमा खेलाडीले पीडा भोग्नुपर्नेमा सचेत गराए ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले यो भन्नुपर्दैन, तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ । यो लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण अनगिन्ती खेलाडीले पीडा भोग्नुपर्नेछ’ ।

हाल जारी जय ट्रफी एलिट कपमा बाग्मती प्रदेशको कप्तानी गरिरहेका लामिछानेले खेलको निष्पक्ष विकास र खेलाडीको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले भनेका छन्, ‘हामीले कप्तानको रिपोर्ट रेफ्रीलाई प्रदान गर्छौं, तर पनि म कुनै परिवर्तन भएको देख्दिनँ । खेलको निष्पक्ष विकास र खेलाडीहरूको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण छ । आशा छ, सम्बन्धित निकायले ध्यान दिनु हुनेछ र आवश्यक सुधारको लागि पहल गर्नेछ’।