११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

टोखाको चाकु अर्थात ‘नेपाली चकलेट’: विचौलियाको मारमा व्यवसायी, सरकारले गर्दैन सहयोग

टोखाको चाकु अर्थात ‘नेपाली चकलेट’: विचौलियाको मारमा व्यवसायी, सरकारले गर्दैन सहयोग
अ अ+ अ-

काठमाडौँ । माघे सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ । यस समयमा काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउनमा व्यस्त छन् । काठमाडौं उपत्यकाको उत्तरी भेगको मध्य भागमा रहेको प्राचिन शहर टोखा नेवार बस्ती हो । ‘टोखा’ नामको बारेमा एउटा किंवदन्ती छ । वर्षौं पहिले त्यहाँ धेरै फाँटहरु थिए जहाँ उखु खेती गरिन्थ्यो । नेपाल भाषामा ‘टु’को अर्थ उखु र ‘ख्यः’को अर्थ फाँट भन्ने बुझिन्छ । पहिलेपहिले गाउँमा उखु धेरै हुने भएर ‘टुख्यः’ भनिन्थ्यो ।

पछि अपभ्रंश हुँदै टोखा भन्न थालियो । टोखामा सामुहिक उखु खेती गरेर त्यहीँको उखुले परम्परागत रुपमा चाकु बनाउने गरिन्थ्यो । तर अहिले गुठीको जग्गा विक्री हुँदै मासिएपछि टोखामा अन्यत्रबाटै उखु ल्याएर चाकुको व्यावसायिक उत्पादन गरिँदै आएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै टोखावासीलाई चाकु बनाउन भ्याइनभ्याई छ । शुरुशुरुमा उपत्यकामा मात्र चाकुको माग हुने भएपनि अहिले देशभरबाट माग आउन थालेको चाकु व्यवसायीहरु बताउँछन् । चाकु खाँदा शरीरमा चिसो नपस्ने र रोगसँग लड्नसक्ने क्षमता विकास हुने विश्वास गरिन्छ ।

टोखामा चाकु बनाउन व्यवसायीहरु त व्यस्त छन् नै उपत्यका र उपत्यकाबाहिरबाट चाकु किन्न आउने व्यापारीको समेत बजारमा चहलपहल बढेको छ । टोखा बजारमा चाकु उत्पादन गर्ने व्यवसायीहरुका लागि समाज नै गठन गरिएको छ । मागअनुसारको चाकु उत्पादन गर्दै आइरहेको टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ बताउनु हुन्छ ।

उहाँले बजारमा चाकुको मागअनुसार उत्पादन गर्न समस्या भइरहेको बताउनु भयो । बजारमा सख्खरको मूल्य बोरामा दुई/तीन सय रुपैयाँले बढेको भएपनि चाकु भने पुरानै भाउमा बेच्नुपरेको उहाँको भनाइ छ । टोखामा चाकुको भाउ प्रतिकिलो १०० रुपैयाँदेखि १४० रुपैयाँसम्म रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

आफूहरुले चाकुको मूल्य तोक्नको लागि बैठक नै आह्वान गरेको भएपनि विचौलियाको कारण समस्या भएको उहाँको दुखेसो छ । विचौलियाहरुलाई चाकु धेरै दिन राख्न नमिल्ने भएका कारण सस्तोमा दिन्छन् भन्ने सोच विकास भएको कारण आफूहरुले उचित मूल्य पाउन नसेकेको श्रेष्ठ श्रेष्ठ गुनासो गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘हामी चाकु सँगसँगै माघे संक्रान्तीका लागि चाहिने अन्य परिकार पनि बनाइरहेका छौं । जस्तो परिकारको अर्डर आयो त्यसैअनुसार बनाइरहेका छौं । यःमरी पूर्णिमामा विशेष गरी मसलाबिनाको चाकु नै खाने परम्परा छ । कोही मसलेदार चाकुहरु खान आउनुहुन्छ । अहिले सख्खरको मूल्य चाहीँ बोरामा दुई,तीन सय मूल्यले बढेको छ । तर हामीले चाकु पुरानै मूल्यमा दिइरहेका छौं । हामीले टोखा परम्परागत चाकु संरक्षण समाजबाट मूल्य तोक्ने भनेर मिटिङ बसेका थियौं । तर विचौलियाहरुले गर्दा हामीलाई नै समस्या पार्न खोज्यो ।

हामीसँगै ललितपुर र भक्तपुरमा पनि मंसिरदेखि नै चाकु बनाउनुहुन्छ । कामदार पनि धेरै राख्नुहुन्छ । चाकुलाई धेरै समय स्टक राख्न नहुने भएका हुनाले अहिले सस्तो दिइहाल्यो भनेपछि पनि सस्तो दिइहाल्छ भनेर विचौलियाहरुले रेट बिगार्ने काम भयो । जति चाकु बनाउनका लागि मेहेनत परिश्रम लाग्छ त्योअनुसारको नाफा छैन । हामीले घरसम्मै आउने ग्राहकलाई प्रतिकिलो चाकु १३५ रुपैयाँमा दिइरहेका छौं । तर त्यही चाकु बजारमा गइसकेपछि २०० रुपैयाँभन्दा माथि जाने सम्भावना छ ।’

तेस्रो पुस्ताले धानेको चाकु व्यवसाय
टोखावासीले चाकु बनाउन थालेको वर्षौं भयो । अहिले टोखाको तेस्रो पुस्ताले चाकु व्यवसाय धानिरहेको छ । शुरुमा उखु उत्पादन धेरै हुन्थे । समयक्रमसँगै उखु उत्पादन हराउँदै गएपनि टोखाबासीले चाकु उत्पादन गर्ने पूर्खाको परम्परा भने छोडेनन् । अहिले चाकुका लागि आवश्यक कच्चा पदार्थ तराई क्षेत्रबाट ल्याइने गरेको छ । टोखा चाकु प्रोडक्शनका सञ्चालक हंसराज श्रेष्ठले चाकु व्यवसाय शुरु तीन पुस्ता भएको सम्झिँदै भन्नुभयो, ‘हामीले चाकु व्यवसाय शुरु गरेको तीन पुस्ता भएको छ । बाजेले बनायो, बुवाले बनायो अहिले म तेस्रो पुस्तामा काम गरिरहेको छु । चाकुको व्यापार सिजनल व्यापार हो । सिजनमा चकाचक त भइहाल्छ नै । हामीलाई सिजनमा चाकुको माग पूर्ति गर्न धेरै नै गाह्रो छ । काम गर्नको लागि म्यान पावर पुगेको हुँदैन ।’

चाकु व्यवसायको पुस्तान्तरण हुँदै जाने उहाँको विश्वास छ । माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन बिहान ४ बजेदेखि ११ बजेसम्म खट्ने गरेको उहाँले सुनाउनु भयो । चाकुले चिसो हटाउन सहयोग गर्ने र सुत्केरी आमाका लागि समेत फाइदाजनक हुने विश्वास रहेको उहाँले बताउनु भयो ।

चाकुलाई नेपाली चकलेटको रुपमा चिनिने भएकोले यसको ब्राण्डिङ गर्नुपर्ने आवश्यकता रहेको व्यवसायीहरु बताउँछन् । चाकु नेपाली चकलेटको रुपमा काठमाडौं उपत्याकामा मत्र नभई उपत्यका बाहिरका शहरहरुमा समेत माग बढेको र अमेरिका बेलायत लगायतका देशहरुबाट समेत माग आउने भएकोले यसको ब्राण्डिङ गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ । चाकुका लागि आवश्यक पर्ने सख्खर बाहिरबाट मगाउनुपर्ने बाध्यता रहेकोले यसको गुणस्तरलाई नापेर ब्राण्डिङ गर्न तीन तहको सहकार समन्वयकारी भुमिका खेल्न आवश्यक रहेको व्यवसायीहरु बताउँछन् ।

चाकु व्यवसायीलाई सरकारले सहयोग गरोस्
चाकुको माग बढेर धान्न नसक्ने स्थिति पुगेको भएपनि अहिलेसम्म सरकारले भने केही सहयोग नगरेको व्यवसायहीहरुको गुनासो छ । आफ्नो तीन पुस्ताले चाकुको व्यवसाय गरेरै जीवन धानेको भएपनि सरकारले प्रोत्साहन नगरेको टोखा चाकु प्रोडक्शनका सञ्चलाक हंसराज श्रेष्ठको दुखेसो छ । सरकारले सहुलियतमा कच्चापदार्थ र आवश्यक सामानहरु उपलब्ध नगराएको कारण समस्या भोग्नुपरेको उहाँको भनाइ छ ।

टोखाको चाकुको विदेशमा समेत माग बढ्दै गइरहेको भएपनि सरकारले विदेश पठाउन स्वीकृति नदिँदा विचौलियाकै भर पर्नुपरेको उहाँको भनाइ छ । सञ्चालक श्रेष्ठले चाकुको सिजनमा मात्र सरकार सक्रिय हुने र सिजन सकिएसँगै निष्क्रिय हुने प्रवृत्तिले चाकु व्यवसायीहरु निराश हुनुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिले टोखामै उखु उत्पादन गरिन्थ्यो । यहाँ नै त्यो उखु पकाउँथ्यो । अहिले उखु खेती त छैन । हामीले तराईबाट सख्खर ल्याएर बनाउने गर्छौं । हाम्रो बजार भाउ धेरै भइसक्यो एकनासकै छ । १०० देखि १४० सम्म विक्री गर्ने गरेका छौं । अहिलेसम्म सरकारी सहयोग छैन । स्थानीय सरकारले पनि हामीलाई त्यति सहयोग गरेको छैन ।

सरकारले हाम्रो लागि आवश्यक पर्ने सामानहरु सहुलियतमा व्यवस्थापन गरिदिनुपर्यो । हामीलाई बजार भाउ राम्रो दिनुप¥यो । हामीले टोखाको चाकु विदेश पठाउनका लागि पनि सरकारले हामीलाई स्वीकृति दिनुप¥यो । सिजनमा मात्रै प्रक्रिया शुरु हुन्छ । सिजन सकिएपछि काम अघि बढ्दैन ।’

नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजकिरियाको बेलामा पनि चाकु खाने प्रचलन रही आएको छ ।